काठमाडौं चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको कामले गति लिएको छ ।
कूल १०२ मेगावाट क्षमताको सो आयोजनाको कूल सात किलोमिटर लामो सुरुङ मध्ये हालसम्म ६ किलोमिटर सुरुङ निमाृण सम्पन्न भएको छ ।
हाल आयोजनाको सर्ज ट्यांक र पेनस्टक सुरुङमा पनि काम भइरहेको छ । सो आयोजना ५० प्रतिशत सकिएको छ । बाँध क्षेत्रका संरचना निर्माण गर्न जग खन्ने काम भइरहेकोे छ ।
आयोजनाको बाँध क्षेत्रको खोला फर्काउने तथा बाँधको जग खन्ने कार्य भईररहको छ । विद्युतगृहका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विद्युतगृहमा अहिले ढलान कार्य भइरहेको छ । विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा आइसकेको छ ।
२०७० माघबाट सुरु भएको आयोजनाले जुरे पहिरो, भूकम्प, बाढीजस्ता प्राकृतिक विपद र ठेकेदारसँगको विवादका कारण लक्ष्यअनुसारको प्रगति हासिल गर्न सकेको छैन । प्राकृतिक विपद र ठेकेदार विवादले सम्झौताअनुसार काम नहुँदा आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित हुँदै आएको छ । पछिल्लो तालिकाअनुसार अब आयोजनाले २०७७ मंसिर ९ देखि विद्युत उत्पादन सुरु गर्नेछ
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।