इन्फिनिटी लघुवित्तले बोनस पछि हकप्रद शेयर ल्याउने

४ बर्ष अगाडि

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सो प्रस्ताव पारित गर्न आगामी पुस १८ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गरेको छ ।

सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सशेयर वितरण गर्ने र सोको कर प्रयोजनको लागि सहित गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै  उपयुक्त लघुवित्तसँग मर्जर अथाव एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी रु २० करोड ७४ लाख रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी रु २२ करोड ८१ लाख पुग्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले  आगामी पुस ४ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया