फरवार्ड कम्युनिटीले ४५ प्रतिशत लाभांश दिने

सोमबार, १६ मंसिर २०७६, १३ : ०१

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले लाभांश प्रस्ताव गरेको छ। 

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले  ३२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत  रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।
 

सोमबार, १६ मंसिर २०७६, १३ : ०१

प्रतिक्रिया