बार्षिक १५ हजार मोवाइल हराउछन्, तर २ हजार मात्र भेटिन्छ

४ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्षमा १५ हजार ३३२ मोवाइल फोन हराउने तथा चोरी भएको छ । गत आवमा नेपाल अधिराज्य भर यतिका संख्यामा मोवाइल हराएको महानगरीय प्रहरी परिसर, टेकुको तथ्यांकले देखाउँछन् । 
तर, हराएको र चोरि भएका मध्ये सिमित मोवाइल मात्रा सम्बन्धीत व्यक्तिको हातमा पर्ने गरेको छ । गत आवमा १५ हजार भन्दा बढी मोवाइल हराउदा जम्मा २ हजार ६२ मोवाइल मात्रा फेला परेको प्रहरीको तथ्यांकले देखाउछ ।
आव २०७४÷७५ मा पनि १५ हजार ७८७ वटा मोवाइल हराएकोथियो । तर, त्यतिबेला १ हजार ५१८ मात्र मोवाइल भेटिएको थियो । यसरी हेर्दा नेपालमा बार्षिक १५ हजार मोवाइल हराउने गरेका छन् । तर, त्यसमध्ये मुस्किलले २ हजार मात्रा मोवाइल भेटिने गरेका प्रहरीको तथ्यांकले देखाउँछ । हराएका मध्ये करिब १३ प्रतिशत मोवाइल भेटिन्ने गरेका छन् । 
महानगरि प्रहरी परिसरमा दैनिक ४० ओटासम्म मोवाइल हराएको भन्दै खोजी गरिदिनका लागि निवेदन दिने गर्छन । यसरी दैनिक धरै मात्रामा निवेदन आउँदा स्वयम प्रहरीले पनि खोजी कार्यलाई प्रभावकारी बनाउन सकेको छैन । साथै, प्राविधिक समस्याका कारण पनि खोजी कार्य नभएको प्रहरीहरुको भनाइ छ ।
हराएको तथा चारी भएको मोवाइलमा सिम कार्ड प्रयोग भएपछि मात्रा आईएमई नम्बरको आधारमा लोकेशन ट्राकिङ गर्न सकिन्छ । साथै, कुन नम्बर प्रयोग भएको छ भनेर पनि पत्ता लगाउन सकिन्छ । त्यसपछि त्यो नम्बरमा फोन गरेर सम्बन्धीत दोषी तथा मोवाइल फेला पार्न सकिन्छ । 
तर, मोवाइल भेट्ने तथा चोरी गर्ने मान्छले सिम कार्डको न्यून मात्रामा प्रयोग गर्छन् । उनीहरुले मोवाइललाई गेम खेल्न तथा वाइफाइबाट नेट चलाउन बढी प्रयोग गर्छन, जसले गर्दा मोवाइल खोजी कार्य प्रभावकारी नभएको प्रहरीहरूको भनाइ छ ।
प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक बर्षमा मात्रा ४३ हजार ५४९ मोवाइल फोन हराएको छ । त्यसमध्ये ५ हजार २६१ मोवाइल मात्रा प्रहरीले फेला पारेका छ, जसअनुसार अझै ३८ हजार २८८ मोवाइल खोजी गर्न बाँकी छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया