पुनर्बीमा कम्पनीको सीईओमा कडा प्रतिस्पर्धाः २ जना यसरी भए किकआउट

४ बर्ष अगाडि

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि प्रतिस्पर्धामा उत्रिएका ६ जना उम्मेदवार मध्ये २ जना सेमि फाइनलबाट किक आउट भएका छन् ।
आउट हुनेमा युनाइटेड इन्स्योरेन्सका पूर्व सीईओ शेखर बराल पनि रहेका छन् । यस्तै, नविल बैंकका पुर्व कर्मचारी ज्ञानेश्वर आचार्य पनि सेमि फाइनलबाट आउट भएका हुन् ।
अब पुनर्बीमा कम्पनीका निवर्तमान सीइओ चिरायु भण्डारी, कृषि विकास बैंकका पुर्व कमृचारी शेष नारायण आचार्य,  राष्ट्रिय बाणिज्य बैंकका शंकर रायमाझी र नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक अशोक पौडेल उक्त पदका लागि प्रतिस्पर्धामा  छन् । 
बाँकी रहेका ४ जना उम्मेदवारको आगमी मंसिर २२ गते अन्तरवार्ता गरिने छ । साथै, उनीहरूले व्यवसायीक योजना पनि प्रस्तुत गर्नुपर्ने हुन्छ । उक्त पक्रियाबाट छनोट समितिले ३ जनाको नाम छनोट गरेर कम्पनीको सञ्चालक समितिलाई सिफारिस गर्नेछ । त्यसपछि सञ्चालक समितिले कुनै एक जनालाई उक्त पदमा नियुक्त गर्नेछ । मंसिर भित्र नै नयाँ सिईओ नियुक्त गर्ने कम्पनीको तयारी छ ।
विर्तमान सीईओ चिरायु भण्डारीको कार्यकाल सकिएपछि गत साउनदेखि यो पद रिक्त  छ । कम्पनीले असोज १७ गते सीईओ पदका लगि नयाँ आवेदन खुलाएको थियो ।
कम्पनीले सीईओ छनोटका लागि अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । उक्त समितिमा नेपाल री का सञ्चालक रमेश राणा र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य पनि सदस्यको रुपमा रहेका छन् ।
नतिजा अनुसार सीइओ पदका लागि कडा प्रतिस्पर्धा भएको देखिन्छ । बैंकिङ क्षेत्रमा काम गरेका व्यक्तिले नै बीमा क्षेत्रका अनुभवी व्यक्तिलाई पछार्न सफल भएको देखिन्छ । लामो समयसम्म बीमा क्षेत्रमा नै सक्रिया शेखर बरालले उनीहरुलाई जिन्त नसकेको देखिन्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया