यस्ता छन् एशियाली विकास बैंकका नयाँ अध्यक्ष

४ बर्ष अगाडि

काठमाडौं –  एशियन डेभलपमेन्ट बैंक (एडीबी) को १० औं अध्यक्षको रुपमा जापानका मासातसुगु असाकावा नियुक्त भएका छन् । उनले सन् २०२० को जनवरी १७ देखि कार्यभार सम्हाल्ने बताइएको छ । र, उनको कार्यकाल सन् २०२१ नोभेम्बर २३ गतेसम्म हुने बताइएको छ । 
उनी जापानको प्रधानमन्त्रीको शिशेष सल्लकार हुन् । उनी अन्तरराष्ट्रिय फाइनान्स सम्बन्धी जानकार व्यत्तित्व पनि हुन् । विकास नीति, बैदेशिक मुद्रा बजार र अन्तरराष्ट्रिय कर नीतिमा पनि उले दख्खल राख्दै आएको पाइन्छ । 
साथै, उनी त्यहाको फाइनान्स मन्त्री पनि भइसकेका छन् । उनले जापानमा बिभिन्न निकायको उच्च पदमा बसेर समेत काम गरिसकेका छन् । जापानको अर्थमन्त्रालय, फाइनान्स फर इन्टरनेशनल अफेयर्स जस्ता निकायमा उनको अनुभव छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया