मध्यपहाडी लोकमार्गमा ४ ठेकेदार कालोसूचीमा

४ बर्ष अगाडि

मध्यपहाडी लोकमार्ग आयोजनाले समयमा काम नगर्ने चार कम्पनीलाई ठेक्का तोडेर कालो सुचिमा राख्ने चेतावनी दिएको छ । 

लोकमार्ग अन्र्तगर्त पर्ने पुल र सडकको ठेक्का लिएर समयसम्म काम सम्पन्न नगर्ने सर्वउद्दार/सगरमाथा जेभी, सिरुवा कन्स्ट्क्सन, लोहनी एण्ड ब्रदर्श/सिद्दवावा जेभी र सुर्य/केएम जेभीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको हो । 

उनीहरुले २०६८ सालदेखि २०७४ सम्म लोकमार्ग आयोजनाको धुलिखेल कार्यलय अन्तर्गत ठेक्का लिएर समयमा काम सम्पन्न नगरेको कार्यालयले जनाएको छ । 

ठेकेदार कम्पनीमध्ये सर्वउद्दार÷ सगरमाथा जेभीले बाहादुरे खोला पुल ८ वर्षसम्म निमार्ण सम्पन्न गरेको छैन् । पुलको २०६८ असार २४ गते ठेक्का लिएको उसले सम्झौता अनुसार २०७५ असार २३ गते काम सक्नुपर्ने थियो ।

त्यस्तै, सिरुवा कन्स्ट्क्सन कम्पनीले पङ्खु खोला पुल ४ वर्षसम्म निमार्ण सम्पन्न गरेको छैन् । पुलको २०७२ असोज ०७ गते ठेक्का सम्झौता गरेको उसले सम्झौताअनुसार २०७५ भदौ १७ गते काम सक्नुपर्ने भएपनि काम अलपत्र छाडेको छ । 

४ वर्षमा निमार्ण सम्पन्न गर्नेगरी २०७२ फागुन २४ गते सेलेधाट–नेपालथोक सडकको ठेक्का सम्झौता गरेको लोहनी एण्ड ब्रदर्श÷सिद्दवावा जेभी कम्पनीले पनि सम्झौता अनुसारको काम गरेको छैन । २०७५ मंसिर ०७ गते काम सक्नुपर्ने भएपनि काम सम्पन्न नगरेको आयोजनाले जनाएको छ । 

दौन्ते खोलामा एकवर्षभित्र पुल निमार्ण सम्पन्न गर्ने गरी २०७४ जेठ २८ गते ठेक्का सम्झौता गरको सुर्य÷केएम जेभी कम्पनी पनि समयमै काम नगरेपछि कालोसूचीमा पर्ने भएको छ । 

२०७५ भदौ २७ गते पुल निर्माण सक्नुपर्ने गरी उसले सम्झौता गरेको थियो । 

आयोजना कार्यालयले उनीहरुलाई गतवर्षको चैत्र १५ गते सूचना गरी निर्माण सम्पन्न नगर्नुको कारण र माईलस्टोन सहितको कार्यसम्पन्न गर्न सक्ने कार्यतालिका पेश गर्न भनेको थियो ।

आधिकारीक व्यक्ति उपस्थित भएर कार्यतालिका, श्रोत परिचालनको योजना र काम सम्पन्न गर्ने प्रतिवद्धता पेश गर्न भनेपनि उनीहरुले इमेलमार्फत टालटुले विवरण पठाउँदै म्याद थपका लागि माग गरेका आयोजना कार्यालयको भनाई छ । 

सो टालटुले विवरणले ठेक्का सम्पन्न हुने विश्वासनीय आधार नदेखिएको भन्दै कार्यालयले १५ दिनभित्र काम शुरु गरी आवस्यक विवरण पेश नगरेमा ठेक्का सम्झौताको दफा ५८ तथा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम ठेक्का तोडेर कालोसूचिमा राख्ने चेतावनी दिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया