‘घरेलु तथा साना उद्योगको प्रवद्र्घन सरकारको प्राथमिकता’

४ बर्ष अगाडि

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु,घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र विभिन्न वस्तुगत सङ्घको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आज भएको भेटमा उनले भन्ने,लघु,घरेलु तथा साना उद्योगहरुसँग सिङ्गो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउन म दृढ छु ।

उद्योग मन्त्रालयसँग लघु,घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै मन्त्री भट्टले समस्यामात्र होइन,समाधानका उपाय पनि पहिल्याउन व्यवसायीलाई आग्रह  गरे । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु,प्रविधि हस्तान्तरण हुन नसक्नु,वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए ।

अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन यो नेपालका लागि ठूलो चुनौतीको विषय बनेको छ,उनले भन्ने,यसका पछाडि दुई–तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौँ,ती उद्योगहरु व्यवस्थित छैनन् ।

उद्योग ग्राममा नचलाइएकाले छरपस्ट भइरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको सिकार बनिरहेका छन् उद्योगहरु । त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया