सिद्धार्थ राजमार्ग क्षेत्रको विकासमा  स्थानीय तहहरुको चासो

४ बर्ष अगाडि

सिद्धार्थ लोकमार्गसँग जोडिएका विभिन्न स्थानीय तहहरुले पर्यटन,कृषिलगायतका क्षेत्रको विकास योजना र यसको कार्यान्वयनमा जोड दिएका छन् । पाल्पा तानसेन नगरपालिकाको आयोजनामा आइतबारदेखि यहाँ शुरु भएको सम्मेलनका सहभागीले राजमार्गले बोकेका सम्भावनालाई सबै स्थानीय तहसँग समन्वय गरी रचनात्मक बनाउन सुझाव दिएका छन् ।

सम्मेलनमा यस क्षेत्रका गाउँपालिकाको अनुभव आदानप्रदान, योजना पहिचान कार्यान्वयन,सिद्धार्थ लोकमार्गसँग जोडिएका क्षेत्रको पर्यटन,कृषि,सूचना,प्रविधि,उद्योगको पहिचान,छनोट, समन्वय र सहकार्यका लागि कार्यदल गठन,समन्वय व्यक्ति छनोट तथा विज्ञ समूह गठन गर्ने विषयमा छलफल भएको छ ।

सम्मेलनमा प्रदेश नम्बर ५ को प्रादेशिक नीति योजनाबारे अवधारणापत्र र सडक विभागका तर्फबाट कार्यपत्र प्रस्तुत हुने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिए ।सम्मेलनमा रुपन्देहीको बेलहिया नाकाबाट पोखरासम्म सिद्धार्थ लोकमार्गले छोएका १७ वटा स्थानीय तहका प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको छ ।     
   
 

४ बर्ष अगाडि

प्रतिक्रिया