महाकाली चिनी मिल द्धारा उखुको मूल्य निर्धारण

४ बर्ष अगाडि

बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो ।

सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल  ४४०,सामान्य उखुको मूल्यप्रति क्वीन्टल  ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल  चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताए ।

चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ । मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताए ।

उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार  ६५ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् । किसानसँग गरेको सहमतिको  २३ करोडको मूल्यमा हालसम्म सरकारले  १६ करोड उपलब्ध गराए पनि अझै रु सात करोड तीन लाख दिन बाँकी रहेको संयोजक विष्टले बताए ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया