भृकुटीमण्डमा जुत्ता चप्पल किन्दा ७० प्रतिशतसम्म छुट

४ बर्ष अगाडि

नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपस्थित ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ शुरु  भएको छ । मेलामा  बिएफ डियर हिल सुज,रन सुज,शिखर सुज,शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् ।

मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा ५ सय रुपैयाँको जाडोमा लगाउने २ जोडी जुत्ताचप्पल र ५ सय रुपैयाँदेखि पेन्सी जुत्ता उपलब्ध छन् ।

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उनले जानकारी दिए।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा लगन, पार्टी,स्पोर्टस,क्याजुअल,स्कुल,कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल,गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् ।मेलामा जाडोको सिजनलाई लक्षित गरेर जुत्ताचप्पल राखिएको शिखर सुजका  अध्यक्ष  प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अबसर हो,प्रसाइले भने । सस्तो,बलियो र आकर्षक डिजाइनका चर्चित ब्राण्डका जुत्ताचप्पल किन्ने अवसर केही दिनमात्र बाँकी रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया