सागमा आज १६ खेल हुँदै

४ बर्ष अगाडि

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज १६ खेल हुँदैछन् । 

नेपालमा जारी प्रतियोगिताको चौंथो दिन आज काठमाडौं र पोखराका विभिन्न खेल मैदानमा ति खेल शुरु भएका हुन् । 

आज हुने खेलमध्ये एथ्लेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, कब्बडी र उसु काठमाडौंमा हुने छन् । 

ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल भने पोखरामा हुने आयोजकले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया