सुनको मूल्य ८ सयले बृद्धि

४ बर्ष अगाडि

सुनको मूल्य अघिल्लो दिनको तुलनामा ८ सयले बढेर बुधबार प्रतितोला ७२ हजार २ सय पुगेको छ । 
मंगलबारु सुनको मूल्य प्रतितोला ७१ हजार ४ सय रुपैयाँ मात्रै थियो । 
सुन संगै चादीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १५ रुपैयाले बढेको छ । मँगलबार प्रतितोला ८ सय ५० रुपैँया कायम गरिएको चाँदीको मूल्य बुधबार बढेर प्रतितोला ८ सय ६५ रुपैँया पुगेको छ । 
अन्तराष्ट्रिय बजारममा सुन चाँदीको मूल्य बृद्धिको असर नेपाली बजारमा पनि परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बुधवार प्रतिऔंस सुनको मूल्य १५ डलरभन्दा बढिले बढेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १४ सय ८५ डलर १५ सेन्टमा कारोबार कायम भएको छ । मंगलवार प्रतिऔस १४ सय ७० डलर ३५ सेन्ट कायम भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया