होण्डाका मोटरसाइकल कर्जामा ब्याज नलाग्ने, ४ हजार ५ सय नगद छुट

४ बर्ष अगाडि

नेपालमा होण्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर किन्दा विना ब्याज कर्जा पाइने भएको छ । 

होन्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्राइभेड लिमिटेडले विनाब्याज कर्जाको अफर ल्याएको हो । 

कम्पनीले आफ्नो कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहनेलाई ४ हजार ५ सय रुपैयाँ नगद छुट दिने घोषणा पनि गरेको छ ।  

कम्पनीका अनुसार मोटरसाइकल तथा स्कुटर किन्दा ४० प्रतिशत डाउनपेमेन्ट गरेमा बाँकी रहेको ६० प्रतिशत रकमको ब्याज लाग्दैन ।

आफ्नै इन्भेष्टमेन्ट कम्पनी स्याकार ट्रेडिङ मार्फत फाइनान्स सुविधा दिँदै आएको सो कम्पनीले बाँकी रकम १२ किस्ता अर्थात एकवर्षभित्र तिरिसक्नु पर्ने शर्त राखेको छ । 

नेपालमा होन्डाका सिबी साइन, यूनिकर्न, एक्सब्लेड, एक्सआर सिरिजका मोटरसाइकल र डियो, एभिएटर, ग्रजिया, एक्टीभा लगायतका स्कुटरहरु लोकप्रिय छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया