साग पुरुष क्रिकेट– बंगलादेशद्वारा माल्दिभ्स पराजित

४ बर्ष अगाडि

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेश अन्डर–२३ ले माल्दिभ्सलाई १०९ रनले पराजित गरेको छ ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १९।२ ओभरमा ६५ रन मात्र बनाउन सक्यो । 

 माल्दिभ्सको ब्याटिंगमा अलि इभानले १२ तथा एहमद हसनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशको लागि तन्भिर इश्लाम एक्लैले ५ विकेट लिए भने अबेदीन अफ्रिदी र अफिफ हुसेनले समान १–१ विकेट लिए। 

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

बंगलादेशको लागि नज्लुल हुसेनले सर्वा्धिक ४९ रन, कप्तान सौम्य सरकारले ४६ रन तथा मोहम्मद नैमले ३८ रन बनाए। माल्दिभ्सको बलिंगमा इब्राहिम हसन, अज्यान फर्हाथ र मोहम्मद महफुजले समानले १–१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका तन्भिर इश्लाम चुनिए। 

प्रतियोगितामा बंगालदेशको यो लगातार दोश्रो जित हो। पहिलो खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।


 

४ बर्ष अगाडि

प्रतिक्रिया