नेपालमै एसेम्बल भएको सस्ताे विद्युतीय स्कुटर चढ्ने हाे ? यी हुन मियामाका ६ स्कूटर

४ बर्ष अगाडि

प्रयोगमा सहुलियत हुने भएपछि अहिले विद्युतीय सवारी साधनको चर्चा धेरै छ । 

सरकार विद्युतीय उपकरणको प्रयोग बढाउन भनिरहेको, प्रदुषण कम त्यसमाथी इन्धनभन्दा सस्तो पर्ने भएपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको संख्या पनि बढ्दै छ । 

यसै मौकामा जापानको मियामा कम्पनीले विभिन्न मोडलका विद्युतीय स्कुटरहरु नेपालमै एसेम्बल गरेर बजारमा ल्याएको छ ।  

मियामाका लागि नेपालको आधिकारीक वितरक तथा एसेम्बल गर्ने कम्पनी मियामा मोटर्स प्रालिले विभिन्न ६ मोडलका स्कुटर नेपालमै  एसेम्बल गरेर बजारमा ल्याएको हो । 

एसडी १, टिएन ६, सीजेवाई १, जेवाइ १, एलवाइ १, वाइवाइजेड,  र नेपाली बजारमा एसेम्बल भएका विद्युतीय स्कुटर हुन् । 

एसडी १ : 
यो स्कूटरमा १५ सय वाट क्षमताको ७२ भोल्ट, २० एम्पीयरको लिथियम ब्याट्री रहेको छ । जुन एक पटक चार्ज गरेपछि एक सय किलोमिटर चल्छ ।

सबैभन्दा सस्तो रहेको एसडी १ को बजारमा लिड एसिड व्याट्रीयुक्त स्कुटरको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ भने लिथिएम आयोन व्याट्री लगाइएको स्कुटरको मूल्य १ लाख ८७ हजार रुपैयाँ रहेको छ।

अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो स्कुटर निकै सुरक्षीत रहेको कम्पनीले जनाएको छ । यसमा दिइएको हाइड्रोलिक एयर सस्पेन्सनले स्कुटरलाई निकै आरामदायी बनाएको कम्पनीले दाबी गरेको छ ।

टीएन ६ 
मियामाका स्कुटरमध्ये मूल्यका हिसावले दोश्रो सस्तो यसको मूल्य १ लाख ८६ हजार छ ।

यसमा ७२ भोल्ट क्षमता भएको २ हजार वाट, ५८ एम्पीयरको लिड एसीड व्याट्री  एकपटक चार्ज गरेपछि २ सय किलोमिटरसम्म चल्छ ।  

वाईवाईजेड १ 
१५ सय वाट क्षमताको ७२ भाेल्टकाे ४५ एम्पीयर लिड एसीड व्याट्री रहेको याे स्कुटर एकपटक चार्ज गरेपछि १५० किमि गुड्न सक्छ । यसको मूल्य १ लाख ८६ हजार छ । 

सीजेवाई १  
यसमा १५ सय वाटको ३२ एम्पीयरको लिथियम आयोन व्याट्री ७२ भोल्ट क्षमताको हुन्छ ।

जुन एक पटक चार्ज गरेपछि १२५ किलोमिटर गुड्न सक्छ । यसको मूल्य २ लाख ७० हजार रहेको छ । 

एलवाई १  
यसमा पनि लिथियम आयोन व्याट्री १५ सय वाट क्षमताको, ७२ भोल्ट, ३२ वाटको छ । जुन एक पटक चार्ज गरेपछि १२५ किमि गुड्न सक्छ । यसको मूल्य २ लाख ७ हजार छ । 

जेवाई १ 
१५ सय वाट क्षमताको लिथियम आयोन व्याट्री रहेको यो पनि पटक चार्ज गरेपछि १२५ किमि गुड्न सक्छ । यसको मूल्य २ लाख ९ हजार छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया