सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले साधारण सभा प्रयोजनका लागी मंसिर २० गते बाट बुक क्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो  ।

उक्त लाभांश पारीत गर्न संस्थाले  पुस ११ गते आफ्नो छैठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

हाल १० करोड चुक्ता पूँजी रहेको लघुवित्तको शेयर वितरण पश्चात  पूँजी १३ करोड २० लाख पुग्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया