विद्यार्थी नेताले सम्हाल्दै बीमा कम्पनीका शाखा

४ बर्ष अगाडि

काठमाडौं - बीमा कम्पनीहरूको जिल्ला स्तरमा भएका शाखा कार्यालयमा दक्ष तथा अनुभवी कर्मचारी कम मात्रा देखिएका छन् । व्यवासय विस्तार गर्ने क्रममा बीमा कम्पनीहरुले व्यापाक रुपमा जिल्लाहरूमा शाखा कार्यालय स्थापना गरेका छैनन् । तर, अनुभवी तथा सम्बन्धीत बिषय अध्ययन गरेका व्यक्ति नपाएपछि कम्पनीहरूले जस्ता पायो त्यस्तै कर्मचारी बनाउने गरेका छन् ।

त्यो शिलशिलामा बीमा कम्पनीहरूले जिल्लाका विद्यार्थी नेताहरूलाई पनि कर्मचारीको रुपमा नियुक्त गर्न थालेका छन् । यस्तै, शिक्षा, विज्ञान जस्ता पढेका विद्यार्थीलाई कम्पनीहरुले अन्डरराइटीङमा नै कर्मचारीको नियुक्त गर्न थालेका छन् । केही जिल्लाको प्राप्त जानकारीअनुसार बीमा कम्पनीका शाखा कार्यालयहरू त्यस्ता व्यक्तिहरुको डपीङ साइड जस्तै बन्न पुगेको छ ।

बीमा कम्पनीले ठ्याक्कै यही बिषय पढेको व्यक्तिलाई कर्मचारी नियुक्त गर्नुपर्ने भन्ने बाध्यकारी प्रावधान छैन । तर, स्नातक तह उत्तिर्ण गरेका व्यक्ति बीमा कर्मचारीको व्यक्ति हुन पाउछन् । यद्यपि, कम्पनीहरुले आफ्नो प्रवन्धपत्रमा शैक्षिक मापदण्डका बिषयमा  उल्लेख गर्न सक्छन् । 

कम्पनीहरुले कर्मचारीको विज्ञापन गर्दा पनि व्यवस्थापन पढेका उल्लेख गर्छन् । तर, कम्पनीहरु शाखा कार्यलयमा अन्डरराइटिङ डिपार्टमा नै अन्य बिषय पढेका व्यक्तिले सम्मालेका छन् । बीमा प्राविधिक बिषय हो, जसअनुसार व्यवहारिक रुपमा व्यवस्थापन संकाय अध्ययन गरेका व्यक्ति नै राम्रो हुने विज्ञहरू बताउछन् ।

बागलुङ बजारमा रहेका कतिपय बीमा कम्पनीको शाखा कार्यलयमा आर्टस, शिक्षा विज्ञान जस्ता बिषय पढेका व्यक्ति कार्यरत छन् । गुल्मीमा केन्द्रीय स्तरका विद्यार्थी नेताहरु नै शाखा प्रवन्धक रुपमा कार्यरत भएको जानकारी आएको छ ।

अनेरास्ववीयु (क्रान्तिरकारी) गुल्मीका पुर्व अध्यक्ष घनश्याम खरेल अहिले नेकपाको जिल्ला कमिटीमा छन् । हाल उनी सुर्या लाइफ इन्स्योरेन्सको गुल्मी शाखामा शाखा प्रवन्धकको रुपमा काम गरिरहेका छन् । 
श्रीराम महत अनेरास्ववीयु गुल्मीका पुर्व अध्यक्ष हुन् । उनले पनि महालक्ष्मी लाइफ इन्स्योरेन्सको गुल्मी शाखामा प्रवन्धक भएर काम गर्दै आएका छन् । बिक्रम घिमेरे नेपाल विद्यार्थीका नेता हुन् । उनी अहिले गुरासँ लाइफको गुल्मी शाखामा प्रवन्धकको रुपमा कार्यरत छैनन् । विनिता पोखरेल नेकपा गुल्मीको जिल्ला सदस्य हुन्, उनी सिटिजन लाइफमा आवद्ध छिन् । यस्तै, भरत चन्द, राजेन्द्र बिक्रम महत जस्ता विद्यार्थी नेताहरु पनि बीमा अभिकर्ताको भएर काम गर्दै आएका छन् । 

यो एउटा प्रतिनिधि उदाहरण मात्र हो, अन्य जिल्लामा पनि यस्तो हुन सक्ने बताइएको छ । यद्यपि, उनीहरुको नियुत्ती अबैधानिक भने होइन । यसरी अनभुव नभएकालाई जिम्मेवारी दिँदा बीमा सेवामा कत्तिको प्रभावकारी हुन्छ भन्ने मात्रा बहसको बिषय हो ।

अहिले कन्द्रीय स्तरमा नै  दक्ष जनशक्ति पाउने गाह्रो छ । जिल्ला स्तरमा पनि धेरै कम्पनीको शाखा भएको र दक्ष जनशक्तिको अभाव हुँदा यस्तो अवस्था भएको जानकारहरु बताउछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया