बढ्दै शेयर बजार, दोस्रो घण्टा ८.२८ विन्दुले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं –  साताको अन्तिम कारोबार हुने दिन अर्थात बिहीबार नेपाली शेयर बजार बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार दिउँसो १ बजेसम्म परिसुचक ८.२८ विन्दुले बढेको छ ।
आज ११ बजे ११२४.४७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो, १ बजेसम्म आउँदा त्यो परिसुचक ०.७४ प्रतिशतले बढेर ११३२.७५ विन्दुमा पुगेको छ । 
केही दिन अघिसम्म निरन्तर ओरालो लागेको शेयर बजार पछिल्ला दिनहरुमा बढ्ने क्रम जारी छ । नेप्सेका अनुसार हालसम्म १४ करोड ७२ लाख ५३ हजारको कारोबार भइसकेको छ । यस्तै, अहिलेसम्म ४ लाख ८० हजार २३ शेयर कित्ताको २४२५ पटकक भएको नेप्सेको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया