साइक्लिङमा बुद्धिबहादुर तामाङलाई स्वर्ण

४ बर्ष अगाडि

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् । काठमाडौँको गोकर्णमा आज भएको खेलमा बुद्धिबहादुरले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जितेका हुन ।

उनले एक मिनेट १९.०८ सेकेण्डमा निर्धारितत दूरी पूरा गरे । सोही स्पर्धामा नेपालका राजीव राईले रजत पदक जित्दा कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जिते ।

जारी सागमा नेपालका लागि यो ३२ औँ स्वर्ण पदक हो । सागमा नेपालले अहिलेसम्मको सर्वाधिक स्वर्ण पदक जितेको छ । यसअघि सन् १९९९ को सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो ।     
  
 

४ बर्ष अगाडि

प्रतिक्रिया