तेस्रो हल्ट पुरस्कार सञ्चालन हुदै, विजेताले एक मिलियन डलर पाउने

४ बर्ष अगाडि

तेस्रो संकरणको हल्ट पुरस्कार सञ्चालन हुने भएको छ । स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयले नेपाल टेलिकमको सहकार्यमा यहि मंसिर २१ गते उक्त कार्यक्रम गर्ने भएको हो ।
बार्षिक रुपमा प्रदान गरिने यो पुरस्कार स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले तेस्रो पटक गर्न लागेको हो । 
हल्ट पुरस्कार हल्ट इन्टरनेशनल बिजनेस स्कुल र युनाइटेड नेशन्स् फाउन्डेशनबीचको संयुक्त सहकार्य हो।

विद्यार्थीहरुलाई सामाजिक मुद्धाहरु जस्तै खाना, सुरक्षा, खानेपानीको उपलब्धता, उर्जा तथा शिक्षासँगै संयुक्त राष्ट्रसंघको दिगो विकास, भावी योजनाजस्ता विभिन्न शीर्षकमा रहेका समस्याको समाधान गर्ने चुनौति दिइन्छ र विजेता हुने विद्यार्थीहरुलाई एक मिलियन डलरसहित हल्ट पुरस्कारले सम्मान गरिन्छ।

उक्त कार्यक्रम श्रम मन्त्रालय र हल्ट पुरस्कारको आयोजक तथा अन्य सहकर्मीसँगको सहयोगमा सञ्चानल हुनेछ।

हल्ट पुरस्कार बेर्टिल हल्टले स्थापना गरेका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया