काठमाडौँको दानापानी बन्द गरिदिने धम्की दिने महतो बने काठमाडौँको सम्धी

४ बर्ष अगाडि

काठमाडौँ । राजपा नेता राजेन्द्र महतोले काठमाडौँसँग पारिवारिक नाता गाँसेका छन् । 
उनको छोराको बिहे काठमाडौँको नेवार समूदायसँग भएको हो । 
काठमाडौँ डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको बिहीबार बिहे भएको हो । काठमाडौंको एक होटलमा मैथिली परम्परा अनुसार भएको बिहेलाई सामाजिक परिवर्तनको क्षेत्रमा महतोले लिएको यो ठूलो कदम मानिएको छ । 
 महतोले भारतको अघोषित नाकाबन्दीको बेला नेपाल–भारत सीमा नाकामा बसेर काठमाडौँको दानापानी बन्द गरिदिने धम्की दिएका थिए । 
यसैबीच बिहेमा सहभागी भएका संघीय समाजवादी पार्टीका नेता संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बिहे अर्थपूर्ण भएको टिप्पणी गरेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया