साताको शेयर बजारः उत्साहजनक रुपमा बढ्यो बजार, नेप्से परिसुचक कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं – लामो समयसम्म ओरालो लागेको शेयर बजार यो साता भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता शेयर बजार १९.१३ विन्दुले बढेको छ । 
यो साता आइतबार १११२.७९ विन्दुबाट नेप्से अर्थात शेयर कारोबार शुरु भएको थियो । साताको अन्तिम दिन अर्थात विहीबारसम्म आउँदा त्यो परिसुचक ११३१.९२ विन्दुमा पुगेको छ ।
बिशेषगरि यो हप्ता लगानीकर्ताहरु इन्स्योरेन्स कम्पनीहरूतर्फ आर्कषित देखिएका छन् । साथै, बैंकिङ तथा फाइनान्स क्षेत्र तर्फ पनि लगानीकर्ताको आर्कषण देखिएको छ । जसको फलस्वरूप यो हप्ता शेयर बजार बढेको हो । 
अब बीमा कम्पनीहरुले लाभांश बाड्छन् भन्ने आम लगानीकर्ताहरुमा आशा छ । जसले गर्दा उनीहरु इन्स्योरेन्स कम्पनी तर्फ बढी आर्कषित देदिएका हुन् ।
बिहीबार मात्र शेयर बजार ७.४५ विन्दुले बढेको छ । बिहीबार ११२४.४५ विन्दुबाट सुरु भएको नेप्से कारोबार अन्तिम समयमा ११३१.९२ विन्दुम पुगेको छ । हिजो रू. ३५ करोड ८८ लाख ३९ हजारको शेयर कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया