भव्य समारोहकाबीच एक भए ग्लोबल र जनता बैंक, आजदेखि एकीकृत कारोबार (तस्वीर सहित)

४ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आईएमई र जनता बैंकले मर्जर प्रक्रिया पुरा गरेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

शुक्रबार विहान ग्लोबल आईएमई बैंकको कर्पाेरेट कार्यलयमा एक भव्य समारोहका बीच एकीकृत कारोबार सुरु गरिएको हो । नेपाल राष्ट्र बैंकले उनीहरुलाई गत हप्ता मर्जरका लागि अन्तिम स्वकिृति दिएको थियो । 

संघीय अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त एकीकृत कारोबार उद्घाटन गरेका हुन् । कार्यक्रममा गभर्नर चिरज्जीवी नेपालको पनि उपस्थीति थियो ।  योसँगै नेपालमा बिग मर्जरको पनि औपचारिक सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई बीग मर्जरमा लैजान हल्ला गरिरहँदा यी दुई बैंकले गत असार २० गते मर्जर सम्झौता गरेका थिए । यद्यपि, राष्ट्र बैंकले बीग मर्जर नीति भने ल्याएन, तर यी दुई बैंकले एक आपसमा मर्ज भएर एउटा सकरात्मक सन्देश दिएका छन् ।

पुर्व सहमतीअनुसार बैंकको नाम ग्लाबल आईएमई बैंक राखिएको छ ।  योसगैं ग्लोबल आईएमई बैंक आजदेखि नेपालकै सबैभन्दा ठुलो बाणिज्य बैंक भएको छ । चुक्तापुँजी, निक्षेप संकलन, कर्जा विस्तार, शाखा कार्यलय, कर्मचारी, एटीएम बुथ लगायतका बिषय यो बैंक एक नम्बरमा हुनेछन ।

१२ बर्षअघि स्थापना भएको ग्लोबल आईएमई बैंकले यस अघि पनि १८ वित्तिय सस्थालाई गाभिसकेको छ । यसअघि तीन वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ५ वटा फाइनान्स कम्पनीलाई प्राप्ती गरेसगैँ ग्लोबल आईएमई यो एतीहासिक उचाईमा पुग सफल भएको हो ।

मर्ज भएसँगै ग्लोबल आईएमई बैंकको प्राथमिक पूँजी २४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, कुल चुक्तापुँजी १९ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । साथै, निक्षेप रू. २ खर्ब १३ अर्ब र कुल कर्जा रू. १ खर्ब ९४ अर्ब पुगेको छ ।

यस्तै, बैंकको ७७ वटै जिल्लामा पुग्ने गरि ३०० भन्दा बढी शाखा र २५९ एटिएम बुथ पुगेको छ । अब बैंकको २४३ शाखा रहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर हुनेछन् ।
बैंकको यसस्तो वित्तीय विवरण हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको छैन । गत वर्ष स्थापना भएको इन्फास्ट्रक्टर बैंकको मात्र रु. २० अर्ब बराबरको चुक्तापुँजी हुने तयारीमा छ । 

तथ्यांकमा हेर्दा ग्लोबल आईएमई बैंक 
प्राथमिक चुक्तापुँजीः रू. २४ अर्ब 
चुक्तापुँजीः रू.१९ अर्ब
निक्षेप संकलनः रू. २१३ अर्ब 
कर्जा लगानीः रू.१९४ अर्ब 
सेवा केन्द्रः ८४०
कर्मचारीः ३२००
सरकारी राजश्व योगदानः रू. ३ अर्ब 
एटीएम बुथः २५९
संस्थाहरु सम्माहितः १८
ग्राहक संख्याः २० लाख भन्दा बढी

नयाँ बैंकको अध्यक्षमा चन्द्र ढकाल हुनेछन्  । यस्तै, बैंकको सीईओमा परशुराम कुवँर र बरिष्ठ डेपुटी सीईओमा महेश ढकाल हुनेछन् । त्यस्तै सञ्चालक समितिमा ग्लोबलका तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहनेछन् ।

राष्ट्र गभर्नर नेपालले बैंकिङ क्षेत्रमा  दक्ष कर्मचारीको अभाव रहेको बताए । तर, बैंकरहरुले कर्मचारीको क्षमता अभिवृद्धिमा हेलचेक्र्याई गरेको उनको भनाइ छ । यसलाई बैंकहरुले सम्बेदनशिल रुपम लिनुपर्ने उनको भनाई छ । 

यो क्षण ऐतिहासिक भएको बताउँदै बैंकका अध्यक्ष चन्द्र ढकालले भने ‘आफूले आटेको काम पुरा भएको छ,’ मैले नियामक निकाय नेपाल राष्ट्र बैंक र सरकारले लिएको नीतिलाई सघाए ।’ नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष समेत रहेका ढकालले थप भने  ‘अब रणनीति बदलेर बैंकको गुणात्मक सुधार गर्दै विशेष रणनीतिका साथ अघि बढ्छौं । देशकै अब्बल बैंक बनाउने योजना तय गरिएको छ ।’

यस्तै, अर्थमन्त्री खतिवडाले ग्लोबल आईएमई बैंकलाई विदेशी लगानी भित्र्याउन आग्रह गरे। उनले भने, ‘अब बैंकको चुक्तापुँजी २० अर्बको हारहारीमा छ । यो अवस्थामा १०÷१२ अर्ब विदेशी लगानी ल्याउन समस्या हुँदैन । तसर्थ, विदेशी  लगानी ल्याउन पहल गर्नुस् ।’

तस्वीरमा मर्जर कार्यक्रम

४ बर्ष अगाडि

प्रतिक्रिया