यस्तो आयो रिलायवल लाइफको बोनसदर, बीमितले प्रतिहजार रू.७० सम्म पाउने

४ बर्ष अगाडि

काठमाडौं – रिलायवल नेपाल लाइफ इस्योरेन्सका बीमितले प्रतिहजार ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीका बीमितले आर्थिक बर्ष २०७४÷७५ का लागि अधिक्तम ७० रुपैयाँसम्म बोनस पाउने भएका हुन् । 
कम्पनीले २० बर्षभन्दा बढी अवधी भएको सावधिक जीवन बीमामा सो बराबरको बोनस दिने भएको हा । यस्तै, २० बर्षभन्दा बढी अवधीको बाल शिक्षा बीमा योजना लिने बीमितलाई पनि ६५ रूपैयाँ बराबरको बोनस दिने बताएको छ । 
कम्पनीको न्यूनतम बोनस दर २० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले ९ बर्ष अवधीको सावधिक जीवन बीमालेख (सुलभ) योजनामा सो बराबरको बोनस दिने बताएको हो । 
जीवन बीमा कम्पनीले बर्षपपिच्छे नयाँ बोनसदर घोषना गर्नुपर्ने हुन्छ, जुन प्रतिहजारमा गणना गरिएको हुन्छ । व्यवसाय बढ्दै गएमा बीमितिले अर्काे बर्ष पाउने बोनस बढ्न सक्छ । यसरी बर्षपिच्छे निर्धारण हुने बोनस जोडेर कम्पनीले अवधी सकिएपछि एकमुष्ट रकम भुक्तानी गर्दछ । 
बीमांकीले कम्पनीको आम्दानी तथा व्यवसायलाई हेरेर बोनस दर निधारण गरिदिन्छ । बीमा अवधी, बीमा योजना र जोखिम अनुसार बोनसदर फरक फरक हुनेछ । कम्पनीका अनुसार कम समय अवधी भएका बीमिलते थोरै बोनस पाउछन् । बढी समय अवधी भएका बीमितले धेरै बोनस पाउन सक्छन् ।

कुन योजनामा कति बोनस (प्रतिहजामा)
सावधिक जीवन बीमालेखः रू.५० देखि रू.७०
सावधिक जीवन बीमालेख (सुलभ)ः रू. २० देखि रू. ३७.५०
सावधिक जीवन बीमालेख (एकल तथा सिमित)ः रु. १३
सावधिक जीवन बीमालेख (लघु)ः रू. ३०
बालशिक्षा बीमा योजनाः रू. ६० देखि रू. ६५
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखः रू. ५० देखि रू. ५५

४ बर्ष अगाडि

प्रतिक्रिया