लोडसेडिङमुक्त बनाउने कुलमानलाई ‘नाष्ट प्रविधि पुरस्कार’

४ बर्ष अगाडि

देशलाई लोडसेडिङमुक्त बनाएबापत नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङले यस वर्षको नास्ट प्रविधि पुरस्कार पाएका छन् । 

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरेको भन्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले इञ्जिनियर समेत रहेका घिसिङलाई पुरस्कार प्रदान गरेको हो । 

नास्टका सहकुलपति रहेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरे । 
 
पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । 

पुरस्कार पाउने व्यक्ति छनौटका लागि नास्टले प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको संयोजकत्वमा पुरस्कार मूल्याङकन एवं छनोट समिति गठन गरेको थियो । 

कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिहरुको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया