वातावरण पत्रकार समूहको भवन शिलान्यास

४ बर्ष अगाडि

नेपाल वातावरण पत्रकार समूहको भवन शिलान्यास गरिएको छ ।     ललितपुरको भनिमण्डलस्थित नयाँ बन्न थालेको भवनको अर्थमन्त्री डा युवराज खतिवडा र वरिष्ठ पत्रकार भैरव रिसालले शिलान्यास गर्नुभएको हो । उक्त कार्यक्रममा अर्थमन्त्री खतिवडाले विकासमा मानिस र वातावरणको द्वन्द्व नभई सहकार्य र सहअस्तित्व हुनुपर्ने बताए । 

उनले विकास गर्दा वातावरणीय स्रोतको अस्तित्व समाप्त पारेर नभई जोगाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उनले गरीबीका कारण वातावरण दोहन भइरहेको उल्लेख गर्दै सरकारले दिगो लक्ष्यमा हस्ताक्षर गरिसकेकाले गरीबी निवारण र वातावरण संरक्षण गर्ने धारणा राखे । विकासबाट विनाश ननिम्तियोस्  भन्नका लागि  हरित अर्थतन्त्रमा सरकारले जोड दिएको उनको भनाइ थियो । मन्त्री डा खतिवडाले गैरसरकारी संस्था दर्ता गरेर कम्पनीका काम गर्ने त्यस्ता संस्थालाई सरकारले नछाड्ने भन्दै कम्पनीअनुसार नै कर निर्धारण गरिने जानकारी गराए । 

वरिष्ठ पत्रकार रिसालले वातावरण जोगाउन समूहले ठूलो भूमिका खेलेको भन्दै सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताए। उनले बन्न थालेको भवनमा आर्थिक सहयोग गर्न पनि सरकारसँग आग्रह गरे। समूहका अध्यक्ष कसमस विश्वकर्माले सरकारले नयाँ भवन निर्माण गर्न सहयोग गर्नुपर्ने बताए । समूहका महासचिव निमेष रेग्मीले १९ आना तीन पैसा क्षेत्रफलमा साढे दुई तलाको भवन बन्न थालेको जानकारी दिए । करीब रु एक करोड ५० लाख लागतमा बन्ने भवन १० महिनामा निर्माण सम्पन्न हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया