सनफ्लो तेल किन्नेले पाए हिराको हार, हिराकाे लकेट र हिराकै टप

४ बर्ष अगाडि

नेपालगञ्ज त्रिभुवन चोक निवासी पूजा कुमारी बैशले सनफ्लो तेल किनेर हिराको हार पाएकी छन् । 

“सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत उनले हिराको हार पाएकी हुन् । 

दोस्रो लक्की ड्र कार्यक्रममा हिराको हार साथै जनकपुर रमानन्द चोक निवासी राम विनोद रायले हिराको लकेट तथा काठमाडौं निवासी हरि प्रसाद पराजुली र मोरङ पथरी निवासी दुर्गा माया पोखरेलले हिराको टप पाएका थिए । 

उपहार योजनाको दोस्रो लक्की ड्रका विजेताहरुको नाम  गतहप्ता गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको थियो ।

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा।लि।ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ ।

लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया