‘ग्र्याण्ड आईटेन’ खरिदमा एक लाख २० हजार नगद छुट

४ बर्ष अगाडि

हुण्डाईले ‘ग्रयान्ड आई१०’ खरिद गर्दा एक लाख २० हजार रुपैयाँको नगद छुटको व्यवस्था गरिएको छ ।

हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले सो कुरा जनाएको हो । 

‘ग्रयान्ड आई१०’ नेपालमा सर्वाधिक बिक्री हुने मोडेलको गाडी हो ।  

नेपालमा यस कारका ‘म्याग्ना’ र  ‘स्पोर्ट्स’ गरी दुई अलग भेरियन्टहरु उपलब्ध छन् । जसमध्ये कम्पनीले म्याग्नालाई २९ लाख ५६ हजार रुपैयाँ र स्पोर्ट्सलाई चाहिँ ३१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ ।

यस कारको फिचरहरुको रुपमा १४ इञ्चको अलोए व्हिल्स, रियर वाइपर तथा वासर, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, इलेक्ट्रीक एडजस्टेवल मिरर्स, एलईडी डिआरएल, रुफ एन्टेना, एनालग इन्स्ट्रुमेन्ट कन्सोल, मल्टि इन्फर्मेशन डिस्प्ले, १२ भोल्टको ब्याट्री, पावर विन्डो, एयर कण्डिस्नर, हिटर लगायतका विशेषताहरु समावेस रहेका छन् ।

ग्रयान्ड आई १० मा सेफ्टी फिचरको रुपमा ड्राइभर र पेसेन्जर एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, इञ्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ्ग, इम्प्याक्ट सेन्सन अटो डोर अनलक, रियर पार्किङ्ग सेन्सर, रियर क्यामेरा लगायत समावेस छन् ।

हुण्डाई ग्रयान्ड आई १० मा प्रयोग भएको इञ्जिन ११९७ सीसी ४ सिलिण्डर डीओएचसी पेट्रोल इञ्जिन हो जसले ८३ बीएचपीको पावर र ११४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ५–स्पिड म्यानुअल गियरबक्स र ४–स्पिड अटोमेटिक गियरबक्सका साथ उपलब्ध रहेको यस कारले १८.९० केएमपीएलको माइलेज प्रदान गर्दछ ।

५ सिटर यस ह्याचब्याकको लम्वाई ३७६५ मिलिमिटर, चौडाई १६६० मिलिमिटर र उचाई १५२० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर र बुट स्पेस २५६ लिटरको रहेको छ । 
कम्प्याक्ट डाइमेन्सन भएतापनि ठूलै स्पेस रहेको यस ह्याचब्याकको लुक्स आकर्षक रहेको छ ।

त्यसैगरी ४३ लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको ग्रयान्ड आई१० को अगाडिका चक्काहरुमा डिस्क र पछाडिका चक्काहरुमा ड्रम ब्रेक दिइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया