स्वावलम्बनको २६ प्रतिशत बोनस लिन मंसिर मसान्तसम्म शेयर बनिसक्नुपर्ने

४ बर्ष अगाडि

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पुस १ गतेदेखि पुस २० गतेसम्म दर्ताकिताव बन्द (बुक क्लोज) गर्ने भएको छ ।  

पुस २० गते हुने साधारण सभाको प्रयोजनका लागि संस्थाले  २० दिन बुक क्लोज गर्न लागेको हो । 

गैह्रीधाराको एलिस रिसेप्सनमा बस्ने साधारण सभाले सेयरधनीलाई २६ प्रतिशत बोनस शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।

हाल संस्थाको चुक्ता पुँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । २६ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ७९ करोड २३ लाख रुपैयाँ नाघ्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया