सैनिक कारबाहीमा परी २८ आतङ्कवादी मारिए

४ बर्ष अगाडि

बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन् ।सुरक्षा श्रोतले शुक्रबार दिएको जानकारीअनुसार देशको उत्तरी क्षेत्रमा भएको हवाई आक्रमणमा परी उनीहरु मारिएका हुन् ।

उत्तरी यातेन्गा प्रान्तको तिवबाल, किन र येन्सेलागयतका क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।सुरक्षाकर्मीहरुले आतङ्कवादीहरुका आश्रयस्थल तथा बन्दोबस्तीका सामग्रीहरु समेत नष्ट गरिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

बुर्किना फासोमा सन् २०१५ देखि आतङ्वादीहरुको गतिविधि हुदै आइरहेको छ भने पछिल्ला केही हप्ता सुरक्षा कारबाही पनि बढेको छ ।     

४ बर्ष अगाडि

प्रतिक्रिया