विद्यालय भवन निर्माणपछि हस्तान्तरण

४ बर्ष अगाडि

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)को आयोजनामा महाभारत गाउँपालिकामा पुनःनिर्माण भइरहेका विद्यालय भवनको काम अन्तिम चरणमा पुगेको छ ।

विसं २०७२ मा गएको भूकम्पले क्षति पुर्याएका गाउँपालिकामा रहेका ४९ विद्यालयमध्ये ४४ विद्यालयका भवन निर्माण गर्नुपर्नेमा अहिलेसम्ममा जिल्ला आयोजना कार्यान्वयन एकाइबाट सञ्चालित कायक्रमअन्तर्गत ३२ भवन निर्माण सम्पन्न भएर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेका जल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर सोभित श्रेष्ठले बताए ।

उनका अनुसार निर्माण सम्पन्न भइसकेका विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ । बाँकी विद्यालयका भवन निर्माणाधीन अवस्थामा रहेका र केहीको शिलान्यास भएर निर्माण चरणमा रहेका श्रेष्ठले बताए ।

निर्माणाधीन अवस्थामा रहेका विद्यालयमा वडा नं ५ चार किल्लास्थित ग्रामोन्नति मावि,गौलेश्वरी आधारभूत विद्यालय वडा नं ६ गोलटार, जनकल्याण आधारभूत विद्यालय वडा नं। ७, माध्यमिक विद्यालय मगरगाउँ वडा नं ६ र जनकल्याण माध्यमिक विद्यालय घर्तिछाप वडा नं ८ रहेका छन् ।

हालै सो गाउँपालिकाको वडा नं १ स्थित गोकुले माविको चार कोठे भवन, वडा नं ३ स्थित सानो पोखराको सिद्धेश्वर माविको चार कोठे भवन र वडा नं। ६ बनखु सल्लेनीमा रहेको जनमोहन माविको चार कोठे भवन गरी तीन विद्यालय गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाद्वारा शिलान्यास गरी निर्माण कार्य अगाडि बढिरहेको छ ।

उक्त गाउँपालिका भरिकै ठूलो बजेट रु आठ करोड ६४ लाखको भवन निर्माण कार्यको अन्तिम अवस्थामा पुगिसेको बताउँदै अध्यक्ष जिम्बाले गाउँपालिकाभित्रका विद्यालय भवन निर्माणको अवस्थाका बारेमा जिल्ला आयोजना कार्यान्वयन एकाइ(शिक्षा) ले अनुगमन गरिसकेको बताए ।

सो गाउँपालिकाभित्रका वडा नं १ गोकुले धापमा रहेको बाली विज्ञान सञ्चालित भैरव माध्यमिक विद्यालयको भवन भने भारतिय दूतावासको सहयोगमा निर्माणका लागि बोलपत्र आह्वानको काम भइरहेको र छिट्टै ठेक्का सम्झौता गरी काम शुरु हुने अवस्थामा रहेको बताइएको छ ।

कालिदेवी माध्यमिक विद्यालय कुपिन्टार र गौरी आधारभूत विद्यालयमा मोटरबाटो नपुगेका कारण आरसिसि भवन निर्माण गर्न नसकेर ट्रष्ट भवन निर्माण गरिसकेको र ती विद्यालयमा अझै भवन आवश्यक रहेकाले मोटर बाटो पुगेको खण्डमा सहयोग गर्न सकिने श्रेष्ठले बताए ।     
   
 

४ बर्ष अगाडि

प्रतिक्रिया