ह्याकर पेशाबाट कराेडाैं पुरस्कार, शैक्षिक योग्यताविना पनि कमाउँछन् डलर

४ बर्ष अगाडि

ह्याकर भन्नेवित्तिकै नराम्रो पात्रको रूपमा लिइन्छ ।  तर विश्वमा इमान्दार ह्याकरहरुले ह्याक गर्ने कामलाई पेशा नै बनाएर करोडौं कमाउन थालेका छन् । 

वेबकोडमा भएका त्रुटि र छिद्रलाई पत्ता लगाएर ह्याकरले ठूलै समस्या सिर्जना गर्नुभन्दा पहिल्यै कमजोरी औँल्याइदिने इमान्दार ह्याकरले करोडौ कमाउन थालेका हुन् । 

बेभकोडमा रहेको कमजोरीलाई प्रबिधि क्षेत्रमा चलनचल्तीको रूपमा ‘बग’ भनिन्छ भने ह्याकलाई बग शिकारी । 

कमाजोरी औंल्याइदिने तिनै बग शिकारीलाई  ठूला कम्पनीहरुले पुरस्कारबापत करोडौं रकम दिने गरेका छन् । 

‘पुरस्कार नै मेरो आम्दानीको एक मात्र स्रोत हो, भारतका एक नैतिकवान् ह्याकर शिवम् वशिष्ठले भने। उनले गत वर्ष सवा लाख डलर कमाएका थिए।

विश्वका शीर्ष १० ह्याकरमध्ये का एक सन्दीप सिंह का अनुसार यो यस्तो क्षेत्र हो जहाँ सफल हुन कुनै औपचारिक शैक्षिक योग्यता वा अनुभव आवश्यक छैन। 

वशिष्ठले पनि ह्याक गर्ने ज्ञान अनलाइन तथा ब्लगहरूबाट सिकेका थिए। ‘मैले कानुनी रूपमै विश्वका सबभन्दा ठूला कम्पनीका प्रणाली ह्याक गर्छु र त्यसको लागि पैसा पाउँछु। यो एकदमै रमाइलो तथा चुनौतीपूर्ण छ।

अमेरिकी ह्याकर जेसी किन्सरले एक पटक एन्ड्रोइड एप स्टोरमा खुसुक्क खराब एप हाल्न मिल्ने तरिका पत्ता लगाएदेखि इमान्दार ह्याकरको रुपमा पेशा बनाएर करोडौं कमाएको बताइन् । 

वेभकोडमा रहेको कमजोरी ‘बग’ पत्ता लगाउने प्रविधिमा भिजेका युवायुवतीलाई कानुनी ढङ्गबाटै पैसा कमाउने बाटो देखाउन विभिन्न पुरस्कारका कार्यक्रमहरु सञ्चालन हुन्छन् । 

पुरस्कारका कारण गैरकानुनी ह्याकिङ गरेर डेटा बेच्ने काम बन्द हुने गरेको र इमान्दार ह्याकरहरूलाई उत्प्रेरणा मिलेको  डेटा सुरक्षा कम्पनी इम्पर्भाका प्रमुख प्रविधि अधिकृत टेरी रेले बताए।

सन् २०१८ मा अमेरिका तथा भारतका नैतिकवान् ह्याकरहरूले वर्षको साढे तीन लाख डलर (झन्डै चार करोड रुपैयाँ) कमाउनले गरेको पुरस्कार कार्यक्रम चलाउने  कम्पनी ह्याकर वनले बतायो । 

ह्याकर वन, बग क्राउड, साइन्याक तथा अन्य कम्पनीहरूले ठूला कम्पनी एवं सरकारहरूका तर्फबाट पुरस्कार कार्यक्रम चलाउँछन्।

नैतिकवान् ह्याकरको पहिचान र तिनको एजेन्टका रूपमा यिनले कार्य गर्ने बीबीसीले जनाएकाे छ । 

ह्याकरको दुनियाँमा ‘गिकबोय’ को उपनामले चर्चित सन्दीप सिंहका अनुसार उनीहरू कम्पनीको भावी सुरक्षाका लागि निकै कठिन काम गरिरहेका हुन्छन् । 

ह्याकर वनको रेकर्डमा साढे पाँच लाख नैतिकवान् ह्याकर छन्। उसले तिनलाई कुल सात करोड डलर दिइसकेको सो कम्पनीका बेन सादेगिपुरले बताए।

पछिल्ला वर्षहरूमा प्रतिवर्ष साइबर हमला ८० प्रतिशतले बढेको छ। तर सुरक्षा दिलाउनसक्ने क्षमता भएको मानवस्रोत भने सीमित मात्र रहेको साइबर सुरक्षा कम्पनी साइन्याकको भनाई छ । 

फेसबुकको कुनै पनि भिडिओ मेट्न सकिने कमजोरी पत्ता लगाएका भारतको पुने सहरका नैतिकवान् ह्याकर हिवारेकरले सन् २०१६ मा हजारौँ डलर पुरस्कार पाएका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया