मोबाइल नेटवर्कमा जोखिमपूर्ण त्रुटी, ३० हजार भन्दा धेरै प्रयोगकर्ताको व्यक्तिगत डाटा खतरामा

४ बर्ष अगाडि

भारतको तेस्रो ठूलो मोबाइल नेटवर्क एयरटेलमा का ३० हजार भन्दा धेरै प्रयोगकर्ताको व्यक्तिगत डाटा खतरामा जान सक्ने जोखिमपूर्ण कमजोरी फेला परेको छ । 

एयरटेलको मोवाइल एप ‘एप्लिकेशन प्रोग्राम इन्टरफेस’ (एपीआई) मा त्यस्तो प्राविधिक कमजोरी फेला परेको हो । 

जुन कमजोरीको माध्यमबाट ह्याकसैहरुले ग्राहकको व्यक्तिगत जानकारी लिन सक्ने देखिएको छ । 

ग्राहकको नाम, जन्ममिति, ईमेल, ठेगाना लगाययतका सूचना तथा आईएमईआई कोड समेत जानकारीमा रहेको बीबीसीले जनाएको छ । 

उक्त कमजोरीबाट बीबीसीले एयरटेललाई उक्त प्राविधिक कमजोरी (बग) को बारेमा जानकारी दिएको जनाएको छ । 

तर कम्पनीले अहिले उक्त समस्या ठीक गरिसकेको बताएको छ ।

‘परिक्षणको रुपमा रहेको हाम्रो एपआईमा प्राविधिक समस्या देखिएको थियो’, कम्पनीका एक प्रवक्ताले बताएको भन्दै बीबीसीले लेखेको छ ‘जुन कुराले हाम्रो ध्यानकेन्द्रित ग¥यो र अहिले समाधान गरीसक्यौँ ।’ 
 

४ बर्ष अगाडि

प्रतिक्रिया