जहाज होल्डिङ्गको समस्या समाधान गर्न निजगढ बाहेक अर्को विकल्प छैन  ः मन्त्री भट्टराई

४ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा जहाज होल्डिङ्गको समस्या समाधानको अन्तिम उपाय निजगढ विमानस्थल भएको बताएका छन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ क्षेत्र विस्तार अबलोकन गरेपछि उनले यस्तो प्रतिकृया दिएका हुन् । 

हिँजो शुक्रबारमात्र सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको थियो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थप पार्किङ क्षेत्रको विस्तार र ट्याक्सी वे को काम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री भट्टराईले यसले पनि होल्डिङको केही समस्या भने समाधान हुने बताए । 
 
‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थप पार्किङ् क्षेत्रको बिस्तार र ट्याक्सी वेको काम अन्तिम चरणमा पुगेको छ,  त्यसपछि जहाज होल्डिङ्गको समस्या केहि हदसम्म समाधान हुनेछ’ उनले फेसबुकमा लेखेका छन्, ‘पूर्ण समाधानका लागि भने निजगढ बाहेक अर्को बिकल्प छैन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया