ईमोको प्रयोग गरी नगद ५ लाख ठगी

४ बर्ष अगाडि

समाजिक संजाल ईमोको प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका–८ बस्ने मुकेश साह तेलीलाई विहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । 

तेलीले बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ की एक महिलालाई समाजिक संजालन ईमो मार्फत २५ लाख रुपैयाँ  चिठा परेको र सरकारी राजश्व वापत अग्रिम केही रकम जम्मा गर्नुपर्छ भनि प्रलोभनमा पारी पटक–पटक  गरी उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  तेलीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया