जोरपाटी सडक खण्डको निर्माण कार्य शुरू

४ बर्ष अगाडि

जोरपाटी सडक खण्डको निर्माण कार्य शुरू भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त कुमार नेम्बाङको उपस्थितीमा सिहंदरवारमा भएको बैठकमा सडक विस्तारलाई तत्काल शुरु गर्ने बारे (विहिबार) भएको निर्णयको कार्यान्यवन स्वरुप शुक्रबारदेखि निमार्ण कार्यको सुरुवात भएको हो ।

गोकर्णेश्वर नगरपालिकाका प्राविधिकटोलीले ७ किमीमा रहेको उक्त सडक खण्डको चौडाई २२ मिटर कायम गराउने कार्यमा नापजाँच र सिमांकन गरेपछि सडक छेउछाउका घर, टहरा भत्काउने र रुख कटान कार्य जोरपाटी चोकबाट शुरु भएको छ । सडक छेछाउका घर टहरा र रुख कटान गरी बाटो सफा गराउँने जिम्मा स्थानिय सरकारले लिने निर्णय गरेका छन् । 

बिहिवार सिंहदरवारमा बसेको बैठकले सडक निमार्णका बारेमा विभिन्न ५ निर्णय गराएको थियो । जसमा जोरापाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरुलाई १ महिना भित्र स्थानिय सरकार(गोकर्णेश्वर नगरपालिका)ले हटाउनु पर्ने,विद्युत पोलहरु हटाउने सम्बन्धमा विद्युत प्राद्यिकरणले तत्काल कार्य सुरु गर्ने, उक्त सडकमा पर्ने टेलिफोनका तारवार व्यवस्थापन गर्ने जिम्मा नेपाल टेलिकमले लिने, खानेपानी तथा सरसफाईसँग समन्वय गर्ने र ०७७ असार मसान्त सम्म ठेकेदार कम्पनी(आषिस सिएम जेभी कम्पनी)ले साइड क्लिएर भएका स्थानमा कालोपत्रे गरीसक्नु पर्ने लगाएतका निर्णय भएका थिए ।

केन्द्रिय योजनामा परेको उक्त आट्रियल सडक २२ मिटर चैडाई हुनेछ । सो सडक ७ किमीको रहेको छ । २०७३ असारमा भएको ठेक्का सम्झौतामा ०७५ असारमा सकि सक्नुपर्ने सम्झौता पुरा नभएपछि स्थानियवासीले सडक विस्तार तत्काल गर्नुपर्ने माग राख्दै विभिन्न समयमा अवरोध समेत गर्दै आएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया