२५ वर्षमा सबैभन्दा ठूलो फाइनान्स बन्यो युनाईटेड, एकैदिन ७ वटा नयाँ शाखा

४ बर्ष अगाडि

युनाईटेड फाईनान्स लिमिटेड शाखा र पूँजीका हिसावले सबैभन्दा ठूलो फाइनान्स बनेको छ ।

शुक्रबार एकैदिन ७ वटा शाखा खोल्दै युनाईटेड सबैभन्दा धेरै शाखा भएको फाइनान्स कम्पनी बन्न पुगेको हो । 

संस्थाले शुक्रबार मात्रै भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी र धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । यो सँगै फाइनान्सको शाखा संख्या २२ वटा पुगेको छ । 

त्यस्तै, पुँजीका हिसावले पिन सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पुँजी  १ अर्ब १ करोड ५ लाख १९ हजार रुपैयाँ छ ।

सेवा संचालनको २५औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ भने भारतकै मुक्त फाइनान्ससँग रणनीतिक साझेदार समेत बनेको छ ।

फाइनान्सले २०७६ असोज मसान्तसम्म करीब ६ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा परीचालन गरेको छ । 

संस्था गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर तथा ७।५६ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

युनाइटेड २५औं वर्ष प्रवेशको अवसर पारेर शाखा बिस्तार गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया