३ करोड ६३ लाख बोनस शेयर दिएर लक्ष्मी लघुवित्तले चुक्तापुँजी २७ करोड ८३ लाख पुर्‍यायाे

४ बर्ष अगाडि

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २ करोड ७३ लाख नगद लाभांस दिने भएको छ । 

शुक्रबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले  चुक्ता पुँजीको ११.३२ प्रतिशत बाट हुन आउने सो नगद लाभांस  पारित गरेको हो । 

यसका साथै संस्थाले १५ प्रतिशतबाट हुन आउने ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर पनि पारित गरेको छ । 

२०७६ आषाढ मसान्तमा चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको कमपनीले १५ प्रतिशत शेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ नाघेको छ । 

साधारण सभाले अन्य इजाजत पत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

२०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेको यस संस्थाले ५२ जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु मार्फत ८३ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ ।

त्यस्तै गरी संस्थाले ४ अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट एक अर्ब ४५ करोड रुपैयाँभन्दा बढी बचत संकलन पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया