जन्मदेखि सबै बैंकिङ आवश्यकता पूरा हुने गरी एनएमबीकाे 'जीवन चक्र बचत खाता’

४ बर्ष अगाडि

एनएमबी बैंकले व्यक्तिकाे जन्मदेखि वृद्धाअवस्था सम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी  एनएमबी जीवन चक्र बचत खाता’ शुरू गरेकाे छ । 

याे नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको खाता रहेकाे बैंककाे दाबी छ । 

'यो नव सिर्जनशील योजनामा सात सह– योजनाहरु समावेस छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको छ',  बैंकले भनेको छ ।

बैकका अनुसार यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउँदछ ।

यस योजना अन्र्तगत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् ।

जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउँदछ ।

आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बिमा सहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ । 

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया