अब मोवाइलका लागि पनि 'कण्डम’

४ बर्ष अगाडि

मानिसले कण्डमकाे प्रयाेग गर्ने कुरा त विश्वमा सामान्य भइसक्याे ।

तर अचम्मकाे कुरा विश्व बजारमा त्यस्ताे कण्डम आएको छ जुन माेबाइलकाे सुरक्षाका लागि प्रयाेग गरिन्छ । 

पछिल्लो समय होटल, एयरपोर्ट, स्टेशन, सार्वजनिक शौचालय, शपिङ मल तथा मानिसको चहलपहल हुने धेरै ठाउँमा चार्ज गर्नको लागि युएसबी पार्ट बनाइएको पाइन्छ ।
त्यस्ता पोर्टहरुमा आफ्नो मोबाइल चार्ज गर्नको लागि जोड्दा  साइबर अपराधीले मोबाइलमा भएको सबैभन्दा संबेदनशील डाटा चोरी हुन्छ । 

त्यही चोरीबाट बच्नका लागि युएसबी कण्डम ल्याइएकाे हाे । यो कण्डोम अर्को कण्डोम जस्तो कच्चा रबरले बनेको हुँदैन ।

तर, यसले पनि अर्को कण्डोमले जस्तै सुरक्षा भने प्रदान गर्ने उल्लेख गरिएको छ । यसले मोबाइल चार्ज गर्दा संवेदनशील डाटा चोरी हुने सम्भावना अर्थात ‘जुस ज्याकिङ’ बाट बचाउँछ ।

‘जुस ज्याकिङ’ एक प्रकारको साइबार आक्रमण हो । जसमा सार्वजनिक युएसबी पोर्टमार्फत मोबाइलमा संक्रमण गरेर मोबाइलमा ‘मालवेयर’ जस्ता भाइरस एप इन्स्टल गरिदिन्छ । 

जसले मोबाइलमा भएको संवेदनशील डाटा साइबर अपराधीसमक्ष पुर्याउन मद्दत गर्छ ।

‘युएसबी कण्डम’ छोटो युएसबी एडप्टर जस्तै हुन्छ । जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ । 

उक्त एडप्टरले मोबाइलमा पावर सप्लाई गर्छ भने डाटा यताउता सार्न पूर्ण रुपमा रोकिदिन्छ ।

‘युएसबी कण्डम’ अमेरिकी बजारमा १० डलरमा उपलब्ध छ । 

यसको आकार सानो हुने भएकाले यसलाई जता पनि लिएर हिँड्न सहज छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया