सबैको लघुवित्तले १३ प्रतिशत बोनस सेयर दिने

४ बर्ष अगाडि

 सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिकवर्ष २०७५÷७६ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर दिने भएको छ । 

आज तनहुँको डुम्रेमा सम्पन्न संस्थाको तेश्रो बार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने २ करोड १४ लाख ५० हजार बराबरको बोनश बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । 

बोनस सेयर जारी गरेपछि संस्थाको चुक्तापुँजी १६ करोड ५० लाखबाट बढेर १८ करोड ६४ लाख ५० हजार पुगेको छ ।  

सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको एकसय प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । 

२०७४ आषाढ ३० गतेबाट तनहुँ जिल्लाको डुम्रे शाखाबाट लघुवित्त कारोवार शुरु गरेको उक्त संस्थाले २७ जिल्लाहरुमा ५१ शाखा कार्यालयहरु मार्फत् ३५ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु¥याएको छ । 

रु १ अर्ब ७९ करोड कर्जा लगानी गरेको लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुबाट ५२ करोड रुपैयाँ भन्दा बढी बचत संकलन पनि गरेको जनाएको छ । 

साधारण सभाले सर्वसाधारण समुहको सञ्चालकमा श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशीलाई निर्वाचित गरेको छ । 

सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया