साम्राज्ञी लिएर चितवन पुगे आर्यन

५ बर्ष अगाडि

 

काठमाडौ । अभिनेता आर्यन सिग्देल अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह लिएर चितवन पुगेका छन् । आफैले निर्माण गरेको चलचित्र प्रचारका लागि उनी त्यहाँ पुगेका हुन् । 
सोमबार निर्देशक लक्ष्मण रिजाल र अभिनेत्री साम्राज्ञीका साथ  चितवन पुगेका आर्यनले शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कायरा’को समेत प्रचार गरेका छन् । 
कार्यक्रममा अभिनेता आर्यन सिग्देलले चलचित्र ‘कायरा’ एउटा गहिरो लव स्टोरीले भरिएको चलचित्र भएको बताए । उनले चलचित्र फिलिपिन्समा छाँयाँकन हुनुको कारण चलचित्रको मुख्य पात्रसँग जोडिएको खुलाए ।
अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले चलचित्र ‘कायरा’ मायामा ब्रेकअप पछिको कुराहरु देखाउन खोजिएको बताइन् । उनले चलचित्र अहिले बजारमा आएको भन्दा फरक रहेको उल्लेख गर्दै आर्यनसँग काम गर्दाको अनुभव शेयर गरिन् । 
चलचित्रमा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारको समेत अभिनय रहकोेछ । लक्ष्मण रिजालको निर्देशनमा चलचित्र निर्माण भएको हो ।
‘कायरा’मा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया