तत्काल बैंकिङ क्षेत्रमा सवा ८ अर्बको तरलता आउँदै, राष्ट्र बैंकले निकाल्यो यस्तो सुचना

४ बर्ष अगाडि

काठमाडौं – तत्काल बैंकिङ क्षेत्रमा सवा आठ अर्ब बराबरको लगानी योग्य पुँजी (तरलता) बढ्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा रू. ८ अर्ब ३० करोड  रकम निक्षेपमा राख्ने भएपछि तरलता थपिने भएको हो ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष÷कर्मचारी सुरक्षण कोषमा रहेको रकम बैंकहरुमा एक बर्षसम्मका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । केन्द्रिय बैंककाअनुसार आगमी पुस १ गतेदेखि २०७७ मंसिर ३० गतेसम्म उक्त रकम निक्षेपमा राख्ने योजना छ । 
केन्द्रीय बैंकले यसका लागि उक्त रकम लिन चाहने बैंकहरुलाई आवदेन दिनका लागि सुचना पनि जारी गरेको छ । बैंकले लिन चाहेको रकम र दिन सक्ने व्याजदर तोकेर सोमबारसम्म  आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई रू. ६ अर्ब ६४ करोड, विकास बैंकहरुमा रू.१ अर्ब २४ करोड ५० लाख र वित्त कम्पनीमा रू. ४१ करोड ५० लाख निक्षेप राख्ने बताएको छ । पछिल्लो समयमा बैकिङ क्षेत्रमा तरलताको अभाव हुँदै गएको छ, जसअनुसार राष्ट्र बैंकको यो निक्षेपले बैंकहरुलाई राहत मिल्ने देखिएको छ । 
यसमा आवेदन बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष हुनुपर्ने छ । कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका शर्तहरु राष्ट्र बैंकले तोकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया