मुक्तिनाथको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

आज मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागी भोलीबाट लागु हुने गरी बुक क्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

यस अघि बैंकले आफ्ना लगानीकर्ताहरु गत वर्षको मुनाफाबाट लाई १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले मंसिर ३० गते साधारण सभा बोलाएको छ ।

हाल ३ अर्ब ६७ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया