चौतारी लघुवित्तको बोनस शेयर समायोजन

४ बर्ष अगाडि

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य नेप्सेमा समायोजन भएको छ ।संस्थाले साधारण सभा प्रयोजनको लागि बुकक्लोजसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

संस्थाले यस अघि गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १०.८९ प्रतिशत नगद लाभांश पारित गर्ने घोषणा गरेको थियो ।उक्त लाभांश पारित गर्न संस्थाले आगामी पुस ९ गते साधारण सभा बोलाएको छ ।

संस्थाको शेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ४३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हाल १८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी १९ करोड ९० लाख रुपैयाँ पुग्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया