अझै भएन चाबहिल साँखु सडक खण्ड निमार्ण, स्थानियहरु आन्दोलित

४ बर्ष अगाडि

चाबहिल साँखु सडक खण्ड निमार्णमा ढिलाई भएको भन्दै स्थानियहरु फेरी आन्दोलित भएका छन । बाटो नबन्दा सास्ती भएको भन्दै थलीका स्थानिय बासिन्दाहरुले टायर बालेर प्रदर्शन गरेका हुन ।
सरकारसँग भएको लिखित सहमति अनुसार सडक अझै कालोपत्रे नभएको भन्दै स्थानियबासीहरुले फेरी प्रदर्शन गरेका छन । स्थानियहरुले सवारी आवागमन नै रोकेर प्रदर्शनमा उत्रिएका थिए ।


सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो ।

तर, मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भयो । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया