दक्षिण एसियाकै ठूलो डाटा सेन्टर सञ्चालनमा ल्याउदै एनसेल

४ बर्ष अगाडि

निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले दुई अर्ब लगानीमा दक्षिण एसियाकै ठूलो डाटा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । ललितपुरको नख्खुमा निर्माण भइरहेको डाटा सेन्टर दक्षिण एसियाकै ठूलो र अत्याधुनिक हुने एनसेलले बताएको छ । 
यो डाटा सेन्टर अप्रिलबाट सुञ्चालनमा आउने छ । एनसेलले डाटा सेन्टर स्थापनाका लागी चीनियाँ कम्पनी हुवावेलाई जिम्मा दिइएको छ । यो डाटा सेन्टरमा विभिन्न कम्पनीका विद्युतिय डाटाको भण्डारण गरिने छ । 

डाटा सेन्टरका लागी आवश्यक भौतिक पूर्वाधार निमार्णको कार्य अन्तिम चरणमा पुगेको कम्पनीले बताएको छ । यसअघि हेटौंडा, विराटनगर र पोखरामा डाटा सेन्टर स्थापना गरिसकेको एनसेलको यो चौंथो र सबैभन्दा ठूलो क्षमताको डाटा सेन्टर हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया