ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु, बाँकेको कोहलपुर तनावपूर्ण

४ बर्ष अगाडि

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि  स्थिति तनावपूर्ण भएको छ।

कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा आईतबार विहान ट्रकले स्कुले बालिकालाई ठक्कर दिएको थियो । मृतक बालिकाको सनाखत हुन सकेको छैन । 
घटनापछि स्थानिय तथा विद्यार्थीहरुले टायर बालेर सडक अबरुद्ध पारका थिए । 
आक्रोसित भिडलाई नियन्त्रण गर्नका लागी प्रहरीले बल प्रयोग गरेको थियो । आक्रोसित भिडले इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि ढुङ्गामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले केहि राउन्ड अश्रुग्यास हानेको थियो । 

गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् ।
प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया