एक जिल्ला एक पर्यटन ग्रामका लागि प्रदेश तीनले माग्यो प्रस्ताव

४ बर्ष अगाडि

आफ्नो प्रदेशलाई नेपालकै पर्यटकीय केन्द्रको रुपमा विकास गर्न भन्दै प्रदेश ३ ले एक जिल्ला एक पर्यटकीय ग्राम छनौट गर्ने भएको छ । 

हरेक जिल्लामा एउटा पर्यटन ग्रामको घोषणा गरी पूर्वाधार विकास गर्ने उद्धेस्यले पर्यटकीय ग्राम छटौट गर्न लागेको हो । 

त्यसका लागि प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाले पर्यटन ग्राम छनौट प्रकृया अगाडि बढाएको छ । 

त्यसका लागि पुस २१ गतेसम्म आ–आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय ग्राम सिफारीस गर्न आयोजनाले हरेक स्थानीय तहबाट माग गरेको छ । 

प्रदेश भित्रका महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाले प्रस्तावित पर्यटकीय ग्राम रहेको प्रदेश निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्य र जिल्ला समन्वय समितिको सिफारिस समेत संलग्न गरी कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । 

पेश गरिएका प्रस्ताव मध्ये आयोजनाले स्विकृत मापदण्डको आधारमा हरेक जिल्लाबाट एक नमुना पर्यटकीय ग्राम छनौट गर्ने आयोनजा प्रमुख शिव सापकोटाले बताए ।

 ‘प्रस्तावहरुको मूल्यांकन गरी उत्कृष्ट पर्यटन ग्राम छनौटका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४७ (१) बमोजिम छनौट समिति बन्छ, त्यही समितिले नमूना ग्रम छनौट गरेपछि पूर्वाधार विकासको काम अगाडि बढाउँछाँै’ उनले आजको अर्थसँग भने । 

यथासक्य चाँडो पर्यटन ग्रामको छनौट र पूर्वाधार विकास गरी पर्यटन वर्ष २०२० लाई सफल बनाउन छनौट प्रकृया शुरु गरेको उनको भनाई छ । 

आयोजनाका अनुसार पर्यटन ग्राम छनौट घोषणाका आधारहरु यसप्रकार छन् : 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया